प्रेस बिज्ञप्ति

आदरणीय पत्रकार मित्रहरु,

शंखरापुर प्याराग्लाइडीङ्ग प्रा. लि. को निमन्त्रणा स्विकार गरी यहाँ उपस्थित हुने सम्पूर्ण पत्रकार मित्रहरुलाई सर्वप्रथम स्वागत गर्न चाहन्छु । हामीले काठमाडौंको पूर्वी भेगमा रहेको शंखरापुर नगरपालिकामा प्याराग्लाइडीङ्ग सुरु गरेको जानकारी गराउन यहाँहरुलाई निम्त्याएका हौँ ।

शंखरापुर नगरपालिकामा रहेको प्राचिन शहर साँखुबाट ५ किलोमिटर तथा पर्यटकीय गन्तब्य नगरकोटबाट ७ किलोमिटरको दुरिमा रहेको रमणीय जहरसिंह पौवाको टापुबाट विभिन्न हिमालि शृंखलाका साथै काठमाडौं र भक्तपुर शहर तथा मेलम्चीसमेतको दृश्यावलोकन गर्न मिल्ने गरी यो प्याराग्लाइडीङ्ग सुरु गरेका हौँ । शाहसिक खेलकुदमा रुची भएकाहरुलाई काठमाडौंमै उत्कृष्ट गन्तब्य दिने हाम्रो उद्देश्य हो । यसले नेपालको खेल पर्यटनमा पनि उल्लेख्य टेवा पुग्ने हामीले विश्वास हामीले लिएका छौं ।

पत्रकार मित्रहरु,

समुन्द्री सतहबाट १९०५ मिटरको उचाइमा रहेको जहरसिंह पौवाको टापुबाट टेकअफ गरेपछि झन्डै ३० मिनटको उडानपछी शंखरापुर नगरपालिकामै रहेको पतापमा ल्यान्ड हुनेछ ।

शंखरापुर प्याराग्लाइडीङ्ग प्रा. लि. नेपालमा पाईलट उत्पादन गरेर उडान सुरु गर्ने शायद एकमात्र प्याराग्लाइडीङ्ग कम्पनी हो । हामीसँग अहिले १२ जना सोलो तथा ४ जना व्यावसायिक टेन्डम पाईलट हुनुहुन्छ । हामीले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नागरिक उड्डयन प्राधिकरण तथा स्थानीय प्रशासनको अनुमतीमा २०७० बाट सोलो तथा २०७१ बाट व्यावसायिक टेन्डम उडान सुरु गरेका थियौँ । यसबाट हामीसँग दिनमा १५ वटासम्म व्यावसायिक फ्लाईट गर्न सक्ने क्षमता रहेको जानकारी गराउन चाहन्छौ । उडान सुरु गरेको तीन वर्ष पूरा भईसक्दा हामीले १ हजारभन्दा बढीलाई सेवा प्रदान गरिसकेका छौं ।

प्याराग्लाइडीङ्ग गर्न आउनुहुने सौखिन पर्यटक तथा शाहसिक खेलप्रेमीको सुविधाका लागि शंखरापुर प्याराग्लाइडीङ्गले काठमाडौंबाट लाने ल्याउने तथा त्यहाँ सुविधा सम्पन्न होटेलमा बसोवासको व्यवस्था मिलाउने छ ।

अन्त्यमा हाम्रो निमन्त्रना स्विकार गरी उपस्थित हुने सम्पूर्ण पत्रकार साथीहरुलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु । भविष्यमा पनि यहाँहरुको यस्तै साथ र सहयोगको अपेक्षा सहित बिदा हुन्छु । धन्यवाद

कुशल थापा
प्रबन्ध निर्देशक